INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बौद्धिक अपांगता भएकी बालिकालाई बलात्कार गरेको अरोपमा प्रहरीले बुटवल उपमहानगरपालिका–११ का २१ वर्षीय सुनिल परियारलाई असार २३ गते बुटवलबाट गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले असार २३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार २४ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएका थिए ।

उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयका डिएसपी दानबहादुर थापाले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण असार २३ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएको छ ।

अन्य

भिडियो