INSEC Online

📅 २०८३ जेष्ठ २१

हातपात घटना आरोपमा जनप्रतिनिधि गिरफ्तार

चौदण्डीगढी नगरपालिका–९ की ३९ वर्षीया सुनिता श्रेष्ठलाई हातपात गरेको आरोपमा प्रहरीले ४३ वर्षीय वडाध्यक्ष प्रकाश राउतलाई असार २३ गते गिरफ्तार गरेको छ ।

सूर्योदय सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रभित्र पर्ने छिडी खोलामा वडाध्यक्ष राउतले ०८० असार २२ गते स्काभेटर र टिपरको प्रयोग गरी अवैध रूपमा गिट्टी निकासी गरेको विषयमा पीडितले अवरोध गर्न खोज्दा वडाध्यक्षले हातपात गरेको पीडितको आरोप छ ।

आरोपितविरुद्ध पीडितले असार २२ गते इलाका प्रहरी कार्यालय, वेल्टारमा उजुरी दिनु भएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो