१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तानसेन नगरपालिका ७ बाहुनटोलका ३१ वर्षीय कमल सुनारलाई असार २१ गते घरबाट गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले असार २० गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार २१ गते जिल्ला प्रहरी कार्यालय पाल्पामा उजुरी दिएका थिए ।
उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गररी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाका डिएसपी बिरेन्द्र थापाले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण असार २१ गते पाल्पा अस्पतालमा गरिएको छ ।