१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सियारी गाउँपालिका– ४ ओलहवाका ५० वर्षीय चन्द्रिका हरिजनलाई असार १९ गते घरबाट गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले असार १५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
पीडित घरमा एक्लै भएको बेला आरोपितले बलात्कार गरेको पीडित पक्षले इन्सेक प्रतिनिधिलाई बताए ।
उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामु अर्यालले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण असार १८ गते भीम अस्पताल, भैरहवामा गरिएको छ ।
यसैगरी, ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मायादेवी गाउँपालिका–३ का ३५ वर्षीय रिशु बाँनियालाई असार १९ गते घरबाटै गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले असार ८ गते बलात्कार गरेको भन्दै पीडितले असार १९ गते जिल्ला प्रहरी कार्यालमा उजुरी दिनुभयो ।
उजुरीका आधारमा कारबाही अगाडि बढाएर थप अनुसन्धान भइकरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामु अर्यालले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण असार १७ गते भीम अस्पताल भैरहवामा गरिएकोे छ ।
यस्तै, ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुद्धोधन गाउँपालिका–५ का ६० वर्षीय शिव भारतीलाई असार १९ गते घरबाटै गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले असार १५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडितका बुवाका अनुसार घटनाबारे कसैलाई नभन्न आरोपितले धम्की दिएकाले ढिलो गरी उजुरी दिएको हो ।
उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामु अर्यालले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण असार १८ गते भीम अस्पताल भैरहवामा गरिएकोे