१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बागलुङको ढोरपाटन नगरपालिका-९, बोवाङ घर भइ ललितपुर महानगरपालिका-२३, हात्तिवन बस्ने २३ वर्षीय अशोक परियारलाई प्रहरीले ०८० असार १९ गते गिरफ्तार गरेको छ ।
आफूले पढाउने विद्यालयकी छात्रालाई ललाइ फकाइ विवाह गर्ने प्रलोभनमा पारी बलात्कार गरेको भन्दै पीडित पक्षले असार १९ गते प्रहरी परिसर जावलाखेलमा मौखिक उजुरी दिएका थिए ।
पीडित पक्षको उजुरीपछि खोजी गरी आरोपितलाई हात्तिवनबाट सोही दिन गिरफ्तार गरिएको प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी शिद्धिविक्रम शाहले जानकारी दिनुभयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण गर्न बाँकी रहेको एसएसपी शाहले बताउनु भयो ।