INSEC Online

📅 २०८३ जेष्ठ २१

उपभोक्ता समितिका अध्यक्षमाथि कुटपिट, वडा कार्यालयमा तालाबन्दी

माछापुच्छ्रे  गाउँपालिका–८ का वडा अध्यक्ष रामबहादुर गुरुङले उपभोक्ता समितिका अध्यक्ष अमृत भण्डारीमाथि असार १७ गते कुटपिट गरेको पीडित पक्षको आरोप छ । खोराको मुख उपल्लो इदि उपभोक्ता समितिद्वारा निर्माण हुँदै गरेको सडक खण्ड निर्माणको काममा ढीला सुस्ती गरेको भन्दै गुरुङले आफूमाथि अपशब्द बोल्दै मुक्का प्रहार गरेको समिति अध्यक्ष भण्डारीले बताउनु भयो ।

गुरुङले भने सामान्य भनाभनमात्र भएको प्रतिक्रिया दिनु भयो । भण्डारीले वडा अध्यक्ष गुरुङमाथि कारवाहीको माग गर्दै असार १७ गते नै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिनु भएको छ ।

वडा अध्यक्षलाई कारवाहीको माग गर्दै माछापुच्छे« गाउँपालिका–८ को कार्यालयमा नेकपा एमाले कार्यकर्ताले असार १९ गते तालाबन्दी गरेपछि सेवाग्राही मारमा परेका छन् । उपभोक्ता समितिका अध्यक्ष अमृत भण्डारीमाथि वडाध्यक्ष रामबहादुर गुरुङले असार १७ गते कुटपिट गरेको भन्दै गाउँपालिकाका पूर्व अध्यक्ष कर्णबहादुर गुरुङको नेतृत्वमा एमाले कार्यकताले तालाबन्दी गरेका हुन् । वडा अध्यक्षलाई कानुनी दायरामा नल्याएसम्म ताला नखोल्ने पूर्व अध्यक्ष गुरुङले बताउनु भयो ।

अन्य

भिडियो