२४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा बैत्यश्वर गाउँपालिका-६ का ५९ वर्षीय तुलराम गिरीलाई प्रहरीले ०८० असार १७ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले असार १६ गते घरमा एक्लै रहेको बेला बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले असार १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
पीडित महिलाको स्वास्थ्य परीक्षण सोही दिन पशुपति स्मृति अस्पताल, चरिकोटमा भयो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजेश सिग्देलले जानकारी दिनुभयो ।