INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ताप्ली गाउँपालिका–३ दगलेका ३५ वर्षीय मकरबहादुर तामाङलाई असार १७ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०८० असार १३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध असार १३ गते प्रहरी चौकी रामपुर, मा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असार १३ गते गरिएको छ ।

अन्य

भिडियो