INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले महदेवा गापा-१ पकरीका ३८ वर्षीया रामनारायण यादवलाई असार ७ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले जेठ २२ गते बलात्कार गरेको आरोप लगाउँदै पीडितले जिल्ला प्रहरी कार्यालयमा जेठ ३१ गते उजुरी दिएकी थिइन् ।

पीडित महिलाको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा असार १ गते स्वास्थ्य परीक्षण भयो ।

पीडितका पति वैदेशिक रोजगारमा रहेकोले दुई महिनादेखि छोराछोरीका साथ पीडित माइत बस्दै आएकी थिइन् ।

अन्य

भिडियो