INSEC Online

📅 २०८३ श्रावण १

बलात्कार घटनाका आरोपित गिरफ्तार

शारिरीक रुपमा अपाङ्गता भएकी २५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले ढोरपाटन नगरपालिका–८ नौथरका ५० वर्षीय मनबहादुर विकलाई असार १२ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले ०८० असार ११ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार  १२ गते मौखिक र असार १३ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा लिखित उजुरी दिएको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी मदन केसीले बताउनुभयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण असार १३ गते धौलागिरी अस्पताल बागलुङमा गरिएको छ ।

अन्य

भिडियो