१४ वर्षिया बालिकालाई अपहरण गरी शरीर बन्धक बनाएर बलात्कार गरेको आरोपमा वीरगंज महानगरपालिका–२१, परवानीपुर का २१ वर्षिय महम्मद असाहव अन्सारीविरुद्ध पीडित पक्षले असार ११ गते जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिनु भयो ।
आरोपितले पीडितलाई वीरगंजको मुर्लीबाट ०८० जेठ ३ गते अपहरण गरी काठमाण्डौं महानगरपालिका–९ को सिनामङ्गलमा रहेको होटेल एभरेष्ट हिमालयको कोठा नं १ सय १ मा बन्धक बनाएर बलात्कार गरेको पीडित बालिकाकी अभिभावकको आरोप रहेको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण असार ११ गते वीरगंजको नारायणी अस्पतालमा भएको छ । प्रहरीले जबरजस्ती करणी अन्तर्गत उजुरी दर्ता गरी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक गिरीले जानकारी दिनु भयो । आरोपित फरार रहेकोले खोज तलास भइरहेको उहाँले बताउनु भयो ।