INSEC Online

📅 २०८३ जेष्ठ २१

कथित बोक्सी आरोपमा दुर्व्यवहार, घटनाका आरोपित गिरफ्तार

६८ वर्षीया वृद्धालाई कथित बोक्सी आरोपमा दुर्व्यवहार घटनाका आरोपित  घोराही उपमनपा–५ का २५ वर्षीय माधव गिरीलाई प्रहरीले असार ११ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले जेठ ३० गते आफ्नै विवाह भोजका बेलामा शरिरमा देउता चढेको भन्दै कामेर भोज खान बोलाइएकी वृद्धाको नाम लिएर सार्वजनिकरुपमा गाली गलौज र दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले  असार ७ गते जिल्ला प्रहरी कार्यालय, दाङमा उजुरी दिएका थिए ।

आरोपितले विवाहको भोजमा आएका आफन्तहरूलाई पनि बोक्सी भनेको भन्दै गाउँघरमै मिलाउने प्रयास भएको पीडितले बताउनु भयो । आफूलाई सार्वजनिकरुपमा बोक्सी भनेर दुर्व्यवहार गरेकाले न्यायकालागि उजुरी दिएको पीडितले बताउनु भयो ।

उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजनराज गौतमले बताउनु भयो ।

अन्य

भिडियो