बोलाइसम्बन्धी अपाङ्गता भएकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कटहरी गाँउपालिकाका ४० वर्षीय गणेश राजवंशीलाई असार ९ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०८० असार ९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा मौखिक उजुरी गरेको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रञ्जनकुमार दाहालले बताउनु भयो ।
आरोपितविरूद्ध पीडित पक्षले असार १० गते जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी दिएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण कोशी अस्पतालमा असार १० गते गरिएको छ ।