३३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कालिन्चोक गाउँपालिका-१ का २३ वर्षीय विश्वास भन्ने बेदबहादुर थामीविरूद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० असार १० गते उजुरी दर्ता भएको छ ।
पीडित महिलालाई आरोपितले ०७९ पुस ११ गतेदेखि ०८० जेठ २९ गतेसम्म विवाह गर्छु भनी ललाइ फकाइ पटक पटक बलात्कार गरेको भन्दै पीडित पक्षले उजुरी दिएका हुन् ।
पीडितलाई आरोपितले अन्तिम पटक ०८० जेठ २९ गते आफ्नै कोठामा बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजेश सिग्देलले जानकारी दिनुभयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण असार ८ गते पशुपति स्मृति अस्पताल, चरिकोटमा भयो ।
आरोपितलाई प्रहरीले असार ८ गते घरैबाट गिरफ्तार गरी थप अनुसन्धान गरिएको इन्स्पेक्टर सिग्देलले बताउनु भयो ।