INSEC Online

📅 २०८३ जेष्ठ २१

कुटपिट घटनाका आरोपित पतिविरुद्ध उजुरी, पत्नी अस्पतालमा

f

राजविराज नगरपालिका–१ की ३५ वर्षीया सुमनकुमारी दासलाई उनका पति ४२ वर्षीय उमाकान्त दासले मरणासन्न हुने गरी कुटेको भन्दै जिल्ला प्रहरी कार्यालयमा असार १० गते उजुरी दिनुभएको छ । अस्पतालमा उपचारार्थ भर्ना भएकी पीडितले कानुनी कारवाहीका लागि पहल गर्न इन्सेक प्रतिनिधिसँग माँग गर्नु भएको छ ।

घरमै किरानापसल सञ्चालन गरी बसेकी पीडितलाई झुठा आरोप लगाई अपशब्द गालीगलौज गरी असार ७ गते भित्ता पर्खालमा टाउको ठोक्याउँदै लात, मुडकीले कुटपिट गरेको पीडितले बताउनु भयो ।

टाउको फुटेर रक्ताम्य भई बेहोस बनेकी उनलाई छोराले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना गराएको छ । टाउकोमा टाँका लगाइएकी पीडितको अस्पतालमा उपचार भइरहेको छ ।

एक वर्ष अघि पनि कुटपिट गरेका आरोपितले प्रहरी समक्ष गल्ती स्विकार गर्दै अब आइन्दा कुटपिट, गालीगलौज नगर्ने लिखित सहमति गरेका थिए । प्रहरी समक्ष पत्नीलाई नकुट्ने सहमति गरेपनि घरमा निहुँ खोजी–खोजी कुटपिट, गालीगलौज गर्ने गरेकोले पीडितले कडा कारवाहीको माँग गर्नुभएको छ ।

f
f
f
f

अन्य

भिडियो