INSEC Online

📅 २०८३ जेष्ठ २१

कर्मचारी कुटपिट घटनाका आरोपित गिरफ्तार

शान्तिनगर गाउँपालिकाका शिक्षा शाखा प्रमुख तुलसीपुर उप–मनपा–९ का २८ वर्षीय सुमन पाण्डेलाई कुटपिट तथा दुव्र्यवहार गरेको आरोपमा प्रहरीले शान्तिनगर गाउँपालिका–२ का अध्यक्ष २५ वर्षीय सुनिल वलीलाई ०८० असार ८ गते नारायणपुरबाट गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले शान्तिनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काको कार्यकक्षमा असार ७ गते  कुटपिट  गर्दै योजनाको फाइलसमेत च्यातेपछि पीडित पक्षले असार ७ गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा उजुरी दिएका थिए ।

कुटपिटबाट शरिरका विभिन्न भागमा चोट लागेका पाण्डेको असार ७ गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा उपचार भयो ।

प्रहरीले आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय, दाङका डिएसपी राजन गौतमले जानकारी दिनुभयो ।

यसअघि, वडाध्यक्ष वलीले ०७९ फागुन १९ गते शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत र प्रमुख कार्यकारी अधिकृत डिल्ली खड्कालाई पनि हातपात गरेपछि घटना नदोहोर्‍याउने शर्तमा मिलापत्र गरिएको थियो ।

 

अन्य

भिडियो