INSEC Online

📅 २०८३ जेष्ठ २१

वैवाहिक बलात्कार कसुरमा कैद सजाय

३२ वर्षीया महिलालाई वैवाहिक बलात्कार गरेको कसुरमा उनका ३९ वर्षीय पतिलाई असार ८ गते एक महिना कैद सजायको फैसला भएको छ ।

जिल्ला न्यायाधीश माधवप्रसाद सुबेदीको इजलासले आरोपितलाई कैदका साथै ५५ हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति दिलाउने र फौजदारी कसुर पीडित राहत कोषमा २ सय रुपियाँ जम्मा गर्न लगाउने समेत फैसला भएको स्रेस्तेदार कुमार मास्केले बताउनु भयो ।

आरोपितले २०७९ असोज २० गते बलात्कार गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय कडरबोनामा असोज २१ गते उजुरी दिनुभएको थियो । पीडितको गजेन्द्रनारायण सिंह अस्पतालमा असोज २१ गते स्वास्थ्य परीक्षण भएको थियो ।

इलाका प्रहरी कार्यालय कडरबोनाले असोज २४ गते उजुरी दर्ता गरेको थियो । सोही दिन प्रहरीले आरोपितलाई गिरफ्तार गरेर जिल्ला अदालतमा कात्तिक १५ गते अभियोगपत्र दायर गरेको थियो । जिल्ला न्यायाधीश रमेश प्रसाद ज्ञवालीको इजलासबाट आरोपित ०७९ कात्तिक १७ गते धरौटी राखी पुर्पक्षका लागि तारेखमा रिहा भएका थिए ।

अन्य

भिडियो