INSEC Online

📅 २०८३ जेष्ठ २१

उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्नेको मुद्दा फिर्ता लिने निर्णय कार्यन्वयन नगर्न सरकारको नाममा अन्तरिम आदेश

सर्वोच्च अदालतले त्रिविको समाजशास्त्र विभागका उपप्राध्यापक प्रेम चलाउनेमाथि साङ्घातिक आक्रमण गर्ने विद्यार्थी नेताहरूविरूद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय तत्काल कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

उपप्राध्यापक चलाउनेले सर्वोच्च अदालतमा ०८० असार ६ गते दायर गर्नुभएको रिटमा असार ७ गते सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज कुमार शर्माको एकल इजलासले सुनुवाई गर्दै सरकारको निर्णय तत्काल कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

अदालतले उपप्राध्यापक चलाउनेमाथि साङ्घातिक आक्रमण गर्नेहरूविरूद्धको मुद्दा किन फिर्ता लिनुपरेको हो भनेर सरकारका नाममा कारण देखाउ आदेशसमेत जारी गरेको छ ।

त्रिवि समाजशास्त्र विभागका उपप्राध्यापक चलाउनेमाथि ०७७ असोज २० गते त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस परिसरमा नै साङ्घातिक आक्रमण भएको थियो । उक्त आक्रमणबाट चलाउनेको टाउकोमा चोट लाग्नुको साथै दायाँ खुट्टा भाँचिएको थियो ।

मन्त्रिपरिषदको ०८० जेठ ३० गते बसेको बैठकले आक्रमण घटनाका आरोपित नेविसङ्घका त्रिवि समिति अध्यक्ष हरि आचार्य, सचिव योगेन्द्र रावल लगायत पाँच जनाविरूद्ध काठमाडौँ जिल्ला अदालतमा चलिरहेको ज्यान मार्ने उद्योग कसुरको मुद्दा फिर्ता लिएको थियो ।

अन्य

भिडियो