१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा गुर्भाकोट नपा-६ का ३६ वर्षीय दलजीत बिकलाई असार ५ गते प्रहरीले गिरफ्तार गरेको छ ।
पीडित युवतीलाई आरोपितले असार ४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले असार ५ गते इलाका प्रहरी कार्यालय छिञ्चुमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको इप्रका छिञ्चुका सई ध्रुब थापाले जानकारी दिए ।
पीडित युवतीको स्वास्थ्य परीक्षण मेहलकुना अस्पतालमा असार ५ गते गरिएको प्रहरीले जनाएको छ ।