६० वर्षीया महिलालाई कथित बोक्सी आरोपमा दुर्व्यवहार गरेको आरोपमा प्रहरीले घोराही उपमनपा–१७ की ३३ वर्षीया सरस्वती गुरुङ र घोराही उपमनपा–३ का धामी ४५ वर्षीय यमबहादुर सार्कीलाई जेठ ३२ गते गिरफ्तार गरेको छ ।
सरस्वती गुरूङले आफू बिरामी भएको भन्दै जेठ ३० गते धामी बोलाएर झाँक्री बसाल्नु भयो ।
पीडितलाई आरोपित सरस्वतीले आफूलाई देउता चढेको बहानामा बोक्सी आरोप लगाएर दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले जेठ ३१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
उजुरीका आधारमा प्रहरीले आरोपित दुबै जनालाई गिरफ्तार गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका एसपी बीरबहादुर वलीले जानकारी दिनुभयो ।