INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार  गरेको आरोपमा प्रहरीले बगनासकाली गाउँपालिका–३ का ५९ वर्षीय चुराबहादुर गाहालाई वैशाख ३१ गते घरबाटै गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले वैशाख ३१ गते यौन दुव्र्यवहार गरेको भन्दै पीडित पक्षले वैशाख ३१ गते जिल्ला प्रहरी कार्यालय पाल्पामा उजुरी दिनु भएको थियो ।

बालिका घरमा एक्लै रहेको बेला आरोपितले प्रलोभन देखाएर यौन दुर्व्यवहार  गरेको पीडित पक्षले बताए ।

उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरि थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयका बरिष्ठ सई मोतिबहादुर खड्काले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण वैशाख ३१ गते पाल्पा अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो