INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार कसुरमा सात वर्ष कैद सजायको फैसला

२२ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा कावासोती नगरपालिका–१० रतौलका धनिराम खजुवारलाई सात वर्ष  कैद सजायको फैसला भएको छ ।

न्यायधीश यज्ञ प्रसाद आचार्यको जेठ ३२ गतेको इजालासले बलात्कार कसुर ठहर गर्दै खजुवारलाई सात वर्ष कैद र पीडितलाई  ५० हजार रुपियाँ क्षतिपुर्तिको फैसला सुनाएको जिल्ला अदालतका नायव सुब्बा सन्तोष सिग्देलले जानकारी दिनुभयो ।

पीडित महिलालाई खजुवारले ०७९ साउन ३० गते बलात्कार गरेको भन्दै पीडित पक्षले ०७९ भदौं १० गते जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा उजुरी दिएका थिए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण भदौ १० गते जिल्ला अस्पतालमा गरिएको थियो ।

अन्य

भिडियो