१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले गौरादह नगरपालिका–११ का २० वर्षीय सूर्य नेम्बाङलाई तीन वर्ष चार महिना कैद सजायको फैसला सुनाएको छ ।
जिल्ला अदालतका न्यायाधीश अशोककुमार बस्नेतको ०८० जेठ १४ गतेको इजलासले कैद सजायसँगै ३० हजार रुपियाँ जरिबानाको आदेश भएको जिल्ला अदालतका सूचना अधिकारी अर्जुनप्रसाद गुराँगाइले बताउनु भयो ।
पीडित बालिकालाई आरोपितले ०७६ माघ ४ गते बलात्कार गरेका पीडित पक्षले आरोपितविरूद्ध माघ ७ गते इलाका प्रहरी कार्यालय दमकमा उजुरी दिएको थियो ।
प्रहरीले आरोपितलाई माघ ७ गते गिरफ्तार गरी सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा ०७६ माघ ३० गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।
जिल्ला अदालतको फागुन ४ गतेको आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा थिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण मेची अस्पतालमा ०७६ माघ ७ गते गरिएको थियो ।