INSEC Online

📅 २०८३ जेष्ठ २१

दाइजोको कारण हत्या घटनाका आरोपितविरुद्ध उजुरी

हरिपुर नगरपालिका–३, फरहदवा की २४ वर्षीया ईदा खातुनको दाइजोको कारण हत्या गरेको आरोपमा पति २८ वर्षीय अब्दुल साह फकिर र सासु ४९ वर्षीया नाजिया भनिने नजमा खातुनविरुद्ध जिल्ला प्रहरी कार्यालय मलङ्गवामा जेठ ३० गते उजुरी दर्ता भएको छ ।

दाईजोमा एक लाख रुपियाँ र १ सय ५० सिसिको मोटर साईकल नदिएको भन्दै जेठ २७ गते राती ११ बजे आरोपितहरूले कुटपिट गरि  खातुनको हत्या गरेको र यस अघि पनि उनलाई पटक–पटक मानसिक तथा शारीरिक यातना दिने गरेको मृतक्का बुबा ५२ वर्षीय मन्सुर साह फकिरको आरोप रहेको छ ।

आरोपित पति र सासु घटना पश्चात फरार छन् । तर, सोही घटनामा संलग्न अन्य आरोपितहरू हरिपुर नगरपालिका–३, फरहदवाका ३५ वर्षीय सुलमान मन्सुरी र २३ वर्षीय देवर कुलमान साह फकिरलाई गिरफ्तार गरि अनुसन्धान प्रक्रिया अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय मलङ्गवाका एसपी नरेशराज सुवेदीले जानकारी दिनु भयो ।

शवको पोष्टमार्टमका लागि सर्लाही जिल्ला अस्पताल मलङ्गवा लगिएको छ र अहिलेसम्म शवलाई बुझ्न कोही पनि नआएको जिल्ला प्रहरी कार्यालय मलङ्गवाका एसपी सुवेदीले जानकारी दिनु भयो ।

अन्य

भिडियो