पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहाललाई नेपाल विद्यार्थी संघमा आबद्ध विद्यार्थीहरूले मोसो दलेर गरेको दुर्व्यवहारप्रति पूर्वाञ्चल विश्वविद्यालय सङ्कायका डीनहरुले विज्ञप्ति जारी गरी विरोध जनाएका छन् ।
डीनहरुले जेठ ३० गते संयुक्त विज्ञप्ति जारी गरी घटनाका दोषीलाई कारबाही गर्न माग गरेका छन् ।
विश्वविद्यालय सुधारसहितका विभिन्न माग राख्दै ०७९ पुसदेखि आन्दोलनरत विद्यार्थीहरूले ०८० जेठ २९ गते अध्यक्ष दाहाललाई मोसो दलेर दुर्व्यवहार गरेका थिए ।
