INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

४३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा त्रिपुरासुन्दरी गाउँपालिका-३ धुस्कुनका ५९ वर्षीय चन्द्रबहादुर अधिकारीलाई प्रहरीले ०८० जेठ २९ गते गिरफ्तार गरेको छ ।

आफूलाई आरोपितले जेठ २४ गते त्रिपुरासुन्दरी गाउँपालिका-३ स्थित लुङ्गर्पामा घाँस काट्न लागेको अवस्थामा बलात्कार प्रयास गरेको पीडित महिलाले बताउनु भयो ।

पीडितले आरोपितविरूद्ध जेठ २६ गते इलाका प्रहरी कार्यालय, बाह्रविसेमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हरिबोल के.सी.ले जानकारी दिनुभयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जेठ २६ गते प्राथमिक स्वास्थ्य केन्द्र, बाह्रविसेमा भयो ।

अन्य

भिडियो