३० वर्षीया महिलालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा सुनसरीको दुहवी नगरपालिका-१० का ३५ वर्षीय कुलदिप चौधरीलाई प्रहरीले ०८० जेठ २७ गते गिरफ्तार गरेको छ ।
आरोपितले फेसवुकको दुरुपयोग गरी पीडित महिलाको चरित्रहत्या गरेको भन्दै पीडित पक्षले ०८० वैशाख २९ गते प्रहरी प्रधान कार्यालयको साइवर ब्युरो, भोटाहिटीमा उजुरी दिएका थिए ।
पीडित महिलासँग आरोपितले फेसबुकमार्फत साथि बनेर कुराकानी गर्ने क्रममा मन पराउने, माया गर्ने भन्दै गोप्य तस्बिर र भिडियो माग गर्ने, भेट्न बोलाउने र बोलाएको स्थानमा भेट्न नजाँदा पुरानो तस्बिर र भिडियो विभिन्न सामाजिक सञ्जालमा अपलोड गर्ने गरेर पीडितकी पति र आफन्तलाई पठाएर चरित्र हत्या गरेको नेपाल प्रहरीको साइवर ब्युरो भोटाहिटीका प्रवक्ता डिएसपी पशुपति कुमार रायले बताउनु भयो ।
ब्युरोले जिल्ला अदालतबाट जेठ २८ गते सात दिनको म्याद थप गरी आरोपितलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको डिएसपी रायले बताउनु भयो ।