INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तेह्रथुम ताम्फुला-२ घरभई सूर्यविनायक नगरपालिका-३ बालकोट बस्ने ३१ वर्षीय सुनिल विश्वकर्मालाई प्रहरीले ०८० जेठ २७ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०७९ चैत २९ गतेदेखि ०८० जेठ १९ गतेसम्म पटकपटक बलात्कार गरेको भन्दै पीडित पक्षले प्रहरी वृत्त थिमिमा जेठ २५ गते उजुरी दिएका थिए ।

पीडितलाई आरोपितले अन्तिम पटक जेठ १९ गते आफ्नै कोठामा बलात्कार गरेको उजुरी परेपछि प्रहरीले विश्वकर्मालाई ललितपुर महानगरपालिका-१२, लगनखेलको बटुकभैरब अगाडिको पार्कबाट गिरफ्तार गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी प्रजित केसीले जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ २५ गते भक्तपुर अस्पतालमा भयो ।

घटनाबारे थप अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाएको एसपी केसीले बताउनु भयो ।

अन्य

भिडियो