कोशी नामाकरणको विरोधमा आन्दोलनरत प्रदेश न.१ पुन नामाङ्कन संयुक्त सङघर्ष समितिले नेकपा एमाले संसदीय दलका उपनेतामाथि राम रानामाथि दुर्व्यवहार गरेको छ ।
इलामबाट झापा फर्कने क्रममा इलाम नगरपालिका–११ सोयाकमा जेठ २५ गते बिहान साढे ११ बजे संसदीय दलका उपनेता माथि पहिचान पक्षधरबाट दुर्व्यवहार भएको नेकपा एमाले कोशी प्रदेशका अध्यक्ष तुलसी न्यौपानेले इन्सेककर्मीसँगको फोन सम्पर्कमा बताउनु भयो ।
राना सवार गाडीमा मोबिल पोखेर दुर्व्यवहार गरिएको प्रदेश अध्यक्ष न्यौपानेको भनाइ छ ।
‘इलामबाट भित्रीबाटो तराई फर्कदै थिएँ मुढाले बाटो छेकेर गाडीमा मोबिल हाले’, संसदीय दलका उपनेता रानाले भन्नु भएको छ ।
०७९ फागुन १७ गते प्रदेशको नाम कोशी राखेपछि पहिचानको आधारमा नामकरण हुनुपर्ने पक्षमा रहेका विभिन्न राजनीतिक दल र जातीय सङ्गठन आन्दोलनमा छन् ।
आन्दोलनरत पक्षधरसँग वार्ताका लागि प्रदेश सरकारले जेठ २४ गते वार्ता समिति गठन गरेको छ ।