INSEC Online

📅 २०८३ जेष्ठ २२

पत्नी हत्या कसुरमा १५ वर्ष कैदको फैसला

बबई गाउँपालिका–१ की ३४ वर्षीया खुमी बोटेको हत्या गरेको  कसुर ठहर गर्दै जिल्ला अदालतले मृतकका पति  ४० वर्षीय लालबहादुर बोटेलाई १५ वर्ष कैद सजायको फैसला गरेको छ ।

बोटेले पत्नीलाई ०७९ मङसिर १ गते हत्या गरेको भन्दै पीडित पक्षले मङ्सिर २ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएका थिए ।

प्रहरीले आरोपितलाई मङ्सिर २ गते गिरफ्तार गरी मङसिर २३ गते कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएको थियो ।

जिल्ला अदालतका न्यायाधीश कृपासुर कार्कीको इजलासले जेठ १८ गते दोषी ठहर गर्दै १५ वर्ष कैद, १ लाख ५० हजार रूपियाँ जरीबाना र ६ हजार रूपियाँ पीडित राहत कोषमा जम्मा गर्ने फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार हिरण्यप्रसाद भण्डारीले बताउनु भयो ।

शवको पोष्टमार्टम मङ्सिर ३ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गरिएको थियो ।

अन्य

भिडियो