INSEC Online

📅 २०८३ जेष्ठ २१

कोशी नामाकरणमा विरोध : आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान

कोशी प्रदेश नामाकरणमा विरोध जनाउँदै आएको प्रदेश न.१ पुन नामाङ्कन संयुक्त सङ्घर्ष समितिलाई प्रदेश सरकारले वार्ताका लागि आह्वान गरेको छ ।

जेठ १६ गते प्रदेश सरकारका  प्रवक्ता भक्तिप्रसाद सिटौलाले प्रेस विज्ञप्ति जारी गरी वार्ताका लागि आह्वान गर्नु भएको हो ।

photo 20230530 morang (2)

कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले  प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन  जेठ १४ गते बोलाएपछि आन्दोलनकारीले प्रदेशसभा भवन अघि विरोधे कार्यक्रम गरेका थिए ।

विरोधका क्रममा प्रहरी र आन्दोलनकारीबिच झडप हुँदा ३० जना प्रहरी र २० जना आन्दोलनकारी घाइते भएका थिए ।

कडा सुरक्षा घेरामा प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन सुरु गरिएपछि आन्दोलनरत पक्षले गिरफ्तारीमा परेका कार्यकर्तालाई रिहाइको माग गर्दै जेठ १७ गतेदेखि बन्दको कार्यक्रम सार्वजनिक गरेका थिए ।

photo 20230530 morang (3)

photo 20230530 morang (1)

बन्दको कार्यक्रम अघि प्रदेश सरकारले वार्ताका माध्यमबाट समस्या समाधानका लागि आन्दोलनरत पक्षलाई सम्वादका लागि बोलाएको प्रदेश सरकारका प्रवक्ता भक्तिप्रसाद सिटौलाले बताउनु भयो ।

कोशी प्रदेशसभाले ०७९ फागुन १७ गतेको प्रदेशसभाको बैठकले कोशी प्रदेश नामकरण गरेको छ ।

अन्य

भिडियो