INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार रक्षकको लागि कानुन बनाउन सकारात्मक छु : प्रदेश प्रमुख परियार

कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले मानव अधिकार रक्षकका लागि आवश्यक कानुन निमार्णका लागि आफू सकारात्मक रहेको बताउनु भएको छ ।

प्रदेशमा मानव अधिकार रक्षकहरु जेखिममा रहेको बताउदै प्रदेश प्रमुख परियारले मानव अधिकार रक्षकको सुरक्षाका लागि प्रदेश सरकारको तर्फबाट आवश्यक कानुन निर्माण गरी कार्यान्वयनमा आफू सकारात्मक रहेको बताउनुभएको हो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का संस्थापक अध्यक्ष तथा मानव अधिकार आयोगका पूर्व आयुक्त सदस्य सुशील प्याकुरेल, इन्सेकका अध्यक्ष डा‍‍. कुन्दन अर्याल, कार्यकारी निर्देशक विजयराज गौतम लगायतको टोलीले जेठ १२ गते भेटघाट तथा छलफलका क्रममा प्रदेश प्रमुख परियारले यस्तो बताउनु भएको हो ।

भेटका क्रममा टोलीले मानव अधिकार रक्षकका लागि आवश्यक पर्ने कानुन निर्माणको कार्य कर्णालीबाट सुरु गर्न सुझाव दिएका थिए । साथै जातिय विभेद अन्त्यका लागि समेत सरकार लागिपर्न समेत अनुरोध गरेका छन् । मानव अधिकार रक्षककले गरेका कामको उचित मुल्याङ्कन तथा उनीहरुको सुरक्षाको ग्यारेन्टी सरकारले लिनुपर्ने बेला आएको समेत बनाएका थिए भेटघाटमा इन्सेकका फोकल पर्सन दुर्गा थापा, सुदुर पश्चिम प्रदेश संयोजक खड्कराज जोशी र लुम्बिनी प्रदेशका संयोजक भोला महतको समेत सहभागिता रहेको थियो ।

Photo20230528Surkhet (2)

Photo20230528Surkhet (1)

अन्य

भिडियो