INSEC Online

📅 २०८३ जेष्ठ २१

उम्मेदवारी दर्ता गर्ने क्रममा विष्फोट हुँदा चारजना घाइते

वाणगङ्गा नपा-४ गजेरामा जेठ ४ गते करिव सवा दुई बजे बम विष्फोट हुँदा ६ जना घाइते भएका छन् । घाइतेहरूको विवरण लिने काम भइरहेको प्रहरीले जनाएको छ ।

नेपाली काङ्ग्रेस र माओवादी केन्द्रको संयुक्त प्यानलका उम्मेदवारहरू उम्मेदवारी दर्ता गर्न जाने क्रममा बाटोमा साइकलमा राखिएको टाइम बम विष्फोट भएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले जानकारी दिए ।

प्रजिअ ढकालका अनुसार घाइतेहरूको उपचार स्थानीय मेडिकलमा भइरहेको छ । विष्फोट गराउने पक्ष हालसम्म पत्ता नलागेको र जिल्लाको सुरक्षा व्यवस्था कडा बनाइएको प्रजिअ ढकालको भनाइ छ ।

यसैगरी उम्मेदवारी दर्ता कार्यमा अवरोध पुर्‍याएको आरोपमा असार ४ गते बिहानैदेखि दिउँसो ३ बजेसम्म ३४ जना कार्यकर्ता गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जनाएको छ ।

विजयनगर गाउँपालिका र तौलिहवा नपामा उम्मेदवारी दर्ता गराउने क्रममा अवरोध उत्पन्न भएपनि हाल भने ती स्थानमा सामान्य रूपमा नै उम्मेदवारी दर्ता भइरहेको जिल्ला प्रशासन कार्यलय कपिलवस्तुले जनाएको छ ।

अन्य

भिडियो