INSEC Online

📅 २०८३ जेष्ठ २१

मनोनयनमा बाधा पुर्‍याउन प्रयास गरेको आरोपमा राजपा नेता गिरफ्तार

कैलालीको कैलारी गाँउपालिकाको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा असार ४ गते राष्ट्रिय जनता पार्टीका केन्द्रिय सदस्य फोनीराम चौधरी र जिल्ला अध्यक्ष सरीता चौधरीको नेतृत्वमा तालाबन्दी गरी विरोध प्रदर्शन गर्ने क्रममा प्रहरीले उनीहरु दुवै जनालाई गिरफ्तार गरेको छ ।

गिरफ्तारमा परेका दुवै जनालाई कैलारी गाँउपालिको इलाका प्रहरी कार्यालय हसुलियामा राखिएको र साँझ जिल्ला प्रहरी कार्यालय कैलालीमा ल्याइने प्रहरीले जनाएको छ । उम्मेदवारी मनोनयनमा अवरोध पुर्‍याई मनोनयन दर्ता कार्यक्रम बिथोल्न खोजेकोले उनीहरूलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बीरबहादुर बुढामगरले बताए ।जिल्लाका सबै स्थानीय तहमा भने शान्तिपूर्ण वातावरणमा उम्मेदवारी मनोनयन दर्ताको काम भइरहेको छ ।

यही असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि आज कैलाली जिल्लाका सबै स्थानीय तहमा निकै उत्साहपूर्वक उम्मेदवारी दर्ताको काम भइरहेको छ ।

दलका उम्मेदवारका साथै स्वतन्त्र उम्मेदवारले छुट्टाछुट्टै रुपमा बाजागाजा, झाँकी, नाचगानसहितका जुलुस गर्दै निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आआफ्नो उम्मेदवारी मनोनयन गरिरहेका छन् ।

कैलालीमा एक उपमहानगरपालिका (धनगढी) तथा ६/६ ‍ओटा नगरपालिका र गाउँपालिका छन् । ती स्थानीय तहमा ४ लाख तीन हजार २ सय ८० मतदाता छन् ।

अन्य

भिडियो