INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका फरार आरोपित विरुद्ध उजुरी दर्ता

१३ वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरी फरार रहेका आरोपित भिमदत्तगरपालिका–१५ निम्बुखेडाका २३ वर्षीय विशाल चन्द विरुद्ध पीडित पक्षले जेठ १० जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

पीडित बालिका आफ्नो कोठामा पढिरहेको बेला आरोपितले जेठ १० गते दिउँसो काम छ भनेर कोठामा बोलाइ यौन दुर्व्यवहार गरेकोले आरोपित विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको पीडितकी आमाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

यौन दुर्व्यवहार गरिरहेको बेलामा बालिकाले रोइकराइ गरेपछि आरोपितले डरत्रास र धम्की दिएर ढोकाखोलेपछि बािलका भाग्न सफल भएकी र आरोपित पनि फरार रहेका पीडितकी आमाले बताउनु भयो ।

पीडित पक्षले दिएको उजुरीका आधारमा पक्राउपुर्जी जारी गरेर फरार आरोपतको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश डाँगीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ १० गते महाकाली प्रादेशिक अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो