१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ललितपुर महानगरपालिका-२३, धापाखेलका २५ वर्षीय अमन यावदलाई ०८० जेठ ९ गते प्रहरीले गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ललाइ फकाइ आरोपितको निवासमा जेठ ७ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले जेठ ८ गते प्रहरी वृत्त सातदोबाटोमा उजुरी दिएका थिए ।
पीडित परिवारको उजुरीपछि खोजी गरी आरोपितकै निवासबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी परिसर जावलाखेलका सहप्रवक्ता एवम् डिएसपी भुवनेश्वर प्रसाद साहले जानकारी दिनुभयो ।
आरोपितलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखि अनुसन्धान थालिएको डिएसपी साहले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ ९ गते पाटन अस्पतालमा गरिएको अस्पतालका निर्देशक प्राध्यापक डाक्टर रवि शाक्यले जानकारी दिनु भयो ।