१९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उमनपा–११ देवीनगरका १९ वर्षीय अजितसिंह चौधरीलाई जेठ ८ गते घरबाटै गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले पहिलो पटक वैशाख १ गते र अन्तिम पटक जेठ ६ गते बलात्कार गरेको भनी पीडितले जेठ ८ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएकी छन् ।
पीडितका अनुसार आरोपितले विभिन्न डरधम्की दिएर पटकपटक बलात्कार गरेकोले न्यायका लागि प्रहरीमा उजुरी दिएको इन्सेककर्मीलाई बताउनु भयो ।
पीडितले दिएको उजुरीका आधारमा कारवाही अगाडि बढाएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी दानबहादुर थापाले बताउनुभयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जेठ ६ गते गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको अस्पतालले जनायो ।
त्यसैगरी २६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मर्चवारी गाउँपालिका–६ बगौलीका २८ वर्षीय मनु भन्ने गौरी शङ्कर त्रिपाठी विरुद्ध जेठ ९ गते उजुरी दर्ता गरेको छ ।
पीडित महिलालाई आरोपितले जेठ १ गते बलात्कार गरेको भनी पीडितले जेठ ९ गते इलाका प्रहरी कार्यालय मर्चवारमा उजुरी दिएकी थिइन् ।
पीडितले दिएको उजुरीका आधारमा कारवाही अगाडी बढाएको र आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय मर्चवारका इन्स्पेक्टर दिपेश खरेलले बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जेठ ७ गते भिम अस्पताल भैरहवामा गरिएको अस्पतालले जनायो ।
त्यसैगरी १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सम्मरीमाई गाउँपालिका–७ भैसागानका २० वर्षीय रियाद अहम्दलाई जेठ ८ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले जेठ ८ गते बलात्कार गरेको भनी पीडितले जेठ ९ गते इलाका प्रहरी कार्यालय मर्चवारमा उजुरी दिएकी थिइन् ।
पीडितले दिएको उजुरीका आधारमा कारवाही अगाडि बढाएको इलाका प्रहरी कार्यालय मर्चवारका इन्स्पेक्टर दिपेश खरेलले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ ७ गते भिम अस्पताल भैरहवामा गरिएको अस्पतालले जनायो ।