INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रधानाध्यापक नियुक्ति विवादले नौ दिनदेखि विद्यालयमा पठनपाठन अवरुद्द

महाबु गाउँपालिका–३ बासी स्थित मालिका माध्यमिक विद्यालयकामा प्रधानाध्यापक नियुक्ति विवादले नौ दिनदेखि विद्यालयमा पठनपाठन अवरुद्द भएको छ ।

विद्यालयका शिक्षक हरिप्रसाद शर्माले आफूलाई प्रधानाध्यापक नबनाएको भन्र्दै आठ जना शिक्षक लगायतले वैशाख ३१ गते देखि विद्यालयको पठनपाठन अवरुद्ध पारेका छन् ।

विद्यालय व्यवस्थापन समितिले मावि राहत शिक्षक मनबहादुर बुढालाई गत माघ १४ गते प्रधानाध्यापक बनाउने निर्णय गरेको विरोधमा शर्मा लगायतका शिक्षकहरूले वैशाख ३१ गतेदेखि विद्यालय बन्द गरेको गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखामा लिखित जानकारी गराएका छन् ।

नवनियुक्त प्रधानाध्यापक मनबहादुर बुढाले आफू मावि शिक्षक भएकोले समितिले आफूलाई प्रधानाध्यापक जिम्मेवारी दिएको बताउनु भयो । निमावि स्थायी भएको कारण आफूले पाउनुपर्ने शर्मा दावी छ, तल्लो तह भए पनि स्थायीले पाउने जहाँतहीँ चलन छ शर्माले भन्नुभयो ।

महाबु गाउँपालिकाका कार्यवाहक अध्यक्ष एवम् गाउँ शिक्षा समितिका अध्यक्ष मन्जुकुमारी शर्मा पाण्डेले प्रधानाध्यापक नियुक्तिमा लामो समयदेखि विवाद भइरहेको र त्यसको समाधानका लागि गाउँपालिकाले छिट्टै निर्णय गर्ने जानकारी दिनुभयो ।

अन्य

भिडियो