१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले भीमेश्वर नगरपालिका-२ का ३० वर्षीय रमेश थामीविरुद्ध ०८० जेठ ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।
पीडित बालिकालाई आरोपितले वैशाख ३० गते पीडितको घरमा प्रवेश गरी फकाएर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजेश सिग्देलले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ ४ गते पशुपति स्मृति अस्पताल चरिकोटमा भयो ।
प्रहरीले आरोपितलाई सोही दिन गिरफ्तार गरेको इन्स्पेक्टर सिग्देलले जानकारी दिनुभयो ।