कनकासुन्दरी गाउँपालिका – ६ पछाईवाडा की २० वर्षीया दानसरा रावत पछाईलाई हत्या गरेको आरोपमा पति ३० वर्षीय रतन पछाईलाई प्रहरीले जेठ ३ गते चन्दननाथ नगरपालिका – ६ विजयनगरस्थित सडकबाट गिरफ्तार गरेको छ ।
आरोपित पत्नी घरदेखि हराएकी ११ दिनपछि जेठ २ गते तिला नदीमा शव भेटिएको थियो ।
तिला गाउँपालिका–२ लर्मीगाउँमा माइती भएकी दानसराको मृत्यु रहस्यमय भएको भन्दै छानबिन गरिदिन आग्रह गर्दै आफन्तले जेठ ३ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका हुन् ।
शव पोष्टमार्टम जेठ ४ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा गरिएको छ ।
आरोपित रतनलाई गिरफ्तारपछि जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर धर्मराज जोशीले बताउनु भयो ।