INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा २२ दिन कैद सजाय फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश रितेन्द्र थापाको ०८० जेठ ३ गतेको इजलासले खैरहनी नगरपालिका-६ का १९ वर्षीय दिपकुमार शाहलाई २२ दिन कैद सजाय र पीडितलाई एक हजार रुपियाँ क्षतिपुर्ति भराउने फैसला गरेको अदालतका श्रेष्तेदार इश्वर आचार्यले बताउनु भयो ।

पीडित बालिकालाई ०७९ फागुन १३ गते बलात्कार गरेको भन्दै आफन्तले शाहविरुद्ध फागुन १४ गते इलाका प्रहरी कार्यालय खैरहनीमा उजुरी दिएका थिए ।

पीडितको स्वास्थ्य परीक्षण सोही दिन भरतपुर अस्पतालमा भयो । शाह फागुन १४ गते नै गिरफ्तार भएका थिए ।

न्यायाधीश रितेन्द्र थापाको इजलासले शाह फागुन ६ गते पुर्पक्षका लागि थुनामा गएका थिए ।

अन्य

भिडियो