INSEC Online

📅 २०८३ जेष्ठ २१

बालविवाह र बलात्कार कसुर ठहर गर्दै ११ वर्ष कैदको फैसला

१७ वर्षीया बालिकालाई बालविवाह र  बलात्कार गरेको कसुर ठहर गर्दै  जिल्ला अदालतले  तानसेन नगरपालिका–१ का २७ वर्षीय महेश भट्टराईलाई ११ वर्ष ६ महिना  कैदको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश कमलराज बिष्टको जेठ २ गतेको इजलासले आरोपितलाई ११ वर्ष ६ महिना कैदको फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार दुर्गाप्रसाद बस्यालले बताउनु भयो ।

पीडितसँग आरोपितले ०७८ मङ्सिर १३ गते बालविवाह र बलात्कार गरेको भन्दै पीडित पक्षले पुस ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

आरोपित र पीडित दुबै जनालाई प्रहरीले सुचनाका आधारमा पुस २ गते बगनासकाली गाउँपालिका कार्यालय परिसरबाट गिरफ्तार गरेको थियो ।

पीडितको स्वास्थ्य परीक्षण पुस २ गते पाल्पा अस्पतालमा गरिएको थियो ।

अन्य

भिडियो