INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार 

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका–९ का ५२ वर्षीय विनोद कटुवाललाई जेठ २ गिरफ्तार गरेको छ ।

मोलुङ गाउँपालिकाका कृषि शाखा प्रमुख कटुवालले ०७९ मङ्सिर १७ गते आफ्नै घरमा काम गर्न बोलाएर बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध ०८० वैशाख २६ गते जिल्ला प्रहरी कार्यालयका उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि ओखलढुङ्गा बजारबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर देवेन्द्र दासले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा वैशाख २६ गते गरिएको छ ।

अन्य

भिडियो