INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बगनासकाली गाउँपालिका–३ का ५९ वर्षीय चुराबहादुर गाहालाई वैशाख ३१ गते घरबाट गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले वैशाख ३१ गते यौन दुर्व्वहार गरेको भन्दै पीडितका बुवाले वैशाख ३१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो ।

बालिका घरमा एक्लै रहेका बेला आरोपितलाई प्रलोभन देखाएर यौन दुर्व्यवहार गरेको पीडितका बुवाले बताउनु भयो ।

पीडित पक्षको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका वरिष्ठ सई मोतिबहादुर खड्काले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण वैशाख ३१ गते पाल्पा अस्पतालमा गरिएको छ ।

 

अन्य

भिडियो