थाहा नगरपालिका-१२ तल्लोवसन्तकी ३० वर्षीया महिलालाई कुटपिट गरि घाइते बनाएको आरोपमा सोही ठाउँकी २७ वर्षीया शुसिला स्याङ्तानलाई प्रहरीले ०८० वैशाख ३१ गते गिरफ्तार गरेको छ ।
छोटो लुगा लगाएर हिँडेको भनी छिमेकमा कुरा काटेको आरोप लगाउँदै पीडितलाई वैशाख ३० गते आरोपितले घरमै गइ कुटपिट गरि घाइते बनाएको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर गङ्गा अधिकारीले जानकारी दिनुभयो ।
पीडित पक्षले आरोपितविरुद्ध इलाका प्रहरी कार्यालय पालुङ्गमा वैशाख ३१ गते उजुरी दिएका थिए ।
पीडित महिलाको ट्रमा सेन्टर काठमाडौँमा उपचार भैरहेको छ ।