५४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ४९ वर्षीय भाइ नाता पर्ने पुरुषलाई ०८० वैशाख ३१ गते प्रहरीले गिरफ्तार गरेको छ ।
पीडितलाई वैशाख २१ गते आरोपितले बेलुकी सुतेको घरको झ्यालबाट भित्र पसि बलात्कार गरेको पीडितको आरोप छ ।
पीडितले इलाका प्रहरी कार्यालय मेलम्चीमा वैशाख ३१ गते उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हरिबोल के.सी.ले बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण सोही दिन प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा भयो ।