६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा चितवन अदालतका न्यायाधीश रितेन्द्र थापाको ०८० वैशाख ३१ गतेको इजलासले खैरहनी नगरपालिका-१३ का १९ वर्षीय कुन्दन शाह तेलीलाई २५ दिन कैद सजाय हुने फैसला सुनाएको अदालतका श्रेष्तेदार इश्वर आचार्यले बताउनु भयो ।
तेलीले पीडित बालिकालाई ०७९ फागुन ८ गते यौन दुर्व्यवहार गरेको भनी पीडितको आमाले सोही दिन इलाका प्रहरी कार्यालय खैरहनीमा उजुरी दिनुभएको थियो ।
तेली सोही दिन गिरफ्तार भएका थिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन ८ गते भरतपुर अस्पतालमा भयो ।
न्यायाधीश रितेन्द्र थापाको चैत १ गते इजलासले आरोपित तेली ५० हजार रुपियाँ धरौटीमा छुटेका थिए ।