INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई  बलात्कार गरेको आरोपमा प्रहरीले पलाँता गाउँपालिका–६ का ३१ वर्षीय शंक बुढालाई आठ महिना पछि वैशाख ३१ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपित बुढाले ०७९ असोज ३१ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध कात्तिक ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए पनि आरोपित फरार अवस्थामा थिए ।

पीडित पक्षको उजुरीका आधारमा घर नजिकैको खोलामा लुकेको अवस्थामा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर शुबराज बमले इन्सेक प्रतिनिधिलाई टेलिफोनमा जानकारी दिनुभयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण ०७९ कात्तिक ९ गते जिल्ला अस्पतालमा गरिएको थियो ।

अन्य

भिडियो