INSEC Online

📅 २०८३ जेष्ठ २१

भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्न नागरिक समाजको माग

नेपाली नागरिकहरूलाई गैरनागरिक बनाइ नक्कली भुटानी शरणार्थी खडा गर्दै तेस्रो मुलूक पठाउने धन्दा प्रति पोखराको नागरिक समाजले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

समाजले वैशाख २८ गते विज्ञप्ती जारी गर्दै राष्ट्रविहिन नागरिक खडा गर्ने कार्यमा उच्च पदस्थ राजनैतिक दलका नेता तथा कर्मचारीतन्त्रबाट भएको घृणित कार्यप्रति समाजले आपत्ति जनाएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीका संयोजक शिव खकुरेल, शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराका संयोजक विना सिलवाल, सञ्जालका पूर्व संयोजक बिष्णुप्रसाद बराल, गैर सरकारी संस्था महासंघ गण्डकीका अध्यक्ष गोपाल खड्का, जिल्ला अदालत वार एसोसिएसन कास्कीका अध्यक्ष नारायणप्रसाद शर्मा, सयपत्री समाज पोखराका गिरधारी सुवेदी, मानव अधिकार संरक्षण मञ्चका कमलप्रसाद अर्याल, महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीका अध्यक्ष केशु भुजेल र सिविन नेपालका गण्डकी संयोजक शंकर नेपालीले विज्ञप्ती जारी गर्नुभएको हो ।

विज्ञप्तीमा भनिएको छ, ‘२०६२÷०६३ को आन्दोलन पश्चात मुलुकले नयाँ गति र दिशाबोध लिने छ भन्ने आशा र अपेक्षाका साथ नागरिक आन्दोलन सफल भै मुलूक नयाँ युगमा प्रवेश गर्‍याे । सो लगतै सुशासन, दिगो विकास र राजनैतिक व्यवस्थाको सवलीकरणको आशा आम नागरिकमा रहेको थियो । २०६२÷०६३ अगाडी घटित धमिजा काण्ड, चेज एअर काण्ड, इतिहासका ठूला काण्ड थिए ।

२०६४ सालमा घटेको सुडान घोटाला, आयल निगमको जग्गा खरिद काण्ड, ३३ किलो सुन काण्ड, एन सेल काण्ड र सनम हत्या प्रकरण, ललिता निवास काण्ड, ओम्नी काण्ड, नक्कली भ्याट विल, वाइज वडी काण्ड, एयरपोर्ट घोटला, गतवर्ष भएको बजेट निमार्णमा सिसि क्यामेराको फुटेज गायब गरिएको नीतिगत भष्ट्राचार विगत विर्साउने ठूला काण्डहरु थिए । यस्ता प्रकृतिका काण्डमा प्रत्यक्ष रुपले व्यक्ति÷संस्था देखिने भएतापनि अदृश्य रुपमा राजनैतिक दल पर्दा पछाडीका पात्र हुन् ।’

सुशासनको नारा दिने तर व्यवहारमा पाइलै पिच्छे भ्रष्टाचार गर्ने दल र तिनका कार्यकर्ता हरूले नेपाली समाजमा भ्रष्टीकरण गर्ने गराउने प्रकृयामा तल्लीन भएको सत्य स्थापित हुन्छ । २०७६ सालबाट नक्कली भुटानी शरणार्थी प्रकृयालाई ठगी गर्ने प्रकृयाको रुपमा कथित आयोग गठन गर्ने, दलाल र भ्रष्ट व्यक्तिहरुको योजनामा प्रयोजनहीन व्यक्तिहरु सम्मिलित आयोग गठन गरी नेपाली नागरिकहरूबाट लाखौं रकम असुली ठगी धन्दा संचालन गर्ने, उक्त कार्यलाई सहयोग गर्ने शीर्ष नेताहरू यस काण्डका ठूला मतियार हुन् भन्ने कुरा हाल सम्म प्रकाशित तथ्य तथ्यांकबाट पुष्टि हुने पनि विज्ञप्तीमा जनाइएको छ ।

विगत देखिका विविध काण्ड र हाल देखिएको नक्कली भूटानी शरणार्थी ठगी काण्डका पात्रहरुका सम्बन्धमा प्रहरीबाट भइरहेको अनुसन्धानलाई स्वागत गर्दै उक्त अनुसन्धान प्रति एक्यवद्धता जाहेर गर्दै समाजले अनुसन्धानकर्ताहरुलाई बिना दलीय हस्तक्षेपको प्रत्याभूतिको माग तथा ठगी घटनामा संलग्न सबैलाई कडा भन्दा कडा कारवाही गर्न सञ्जालले माग गरेको छ ।

1683864333863processed-62f68cf4-5aba-42e1-89db-2ccfd9805834_y48tdIYQ

अन्य

भिडियो