मुगुम कार्मारोङ गाँउपालिकामा रहेको सामुदायिक अस्पतालमा तीन महिनादेखि डाक्टर नहुँदा गाँउपालिकाको एक देखि नौ वडा सम्मका सर्वसाधरण मर्कामा परेका छन ।
०७९ माघ २८ गते देखि मुगुम कार्मारोङ गाँउपालिका—६ रिउसबगरमा रहेको सामुदायिक अस्पतालमा डाक्टर नहुँदा उक्त अस्पातलबाट हुने सेवा प्रवाहबाट सर्वसाधरण मर्कामा परेका हुन ।
०७६ सालमा छायाँ नेपाल संस्थाले अस्पातलको भौतिक पुर्वधार निर्माण गरी र दुई वर्ष सम्म अस्पताल कार्यरत स्वास्थ्यकर्मीको व्यवस्थापन गरेको थियो । त्यसपछि अस्पातलको सम्पुर्ण व्यवस्थापन मुगुम कार्मारोङ गाँउपालिकाले गर्दै आएको छ । अस्पातलमा डाक्टरको दरबन्दी नभएपनि गाँउपालिकाले करारमा डाक्टरको व्यवस्थापन गरी उक्त अस्पातलमा ०७८ साउन देखि ०७९ मङ्सिर ३० गते सम्म डाक्टर भोगिन्द्र कार्की कार्यरत भइ कामकाज गर्दै आउनु भएको थियो । डाक्टर कार्कीले मङ्सिर ३० पछि कामकाग गर्न नसक्ने भन्दै राजीनामा दिएपछि अस्पातल डाक्टर विहिन भएको छ ।
उक्त अस्पातलमा डाक्टर हुँदा सामान्य विरामीहरुले सेवा पाएका थिए । अस्पातलमा उपचार हुन नसकेकालाई जिल्ला अस्पातल वा अन्य अस्पातालम रिफर गर्ने गरिएको थियो । अहिले डाक्टर नहुँदा विरामीहरु एक देखि दुई दिन लगाए पैदल हिडेर जिल्ला अस्पातलमा पुग्नु परेको मुगुम कार्मारो गाँउपालिका—६ का ४२ वर्षीय सोनाम लामाले बताउनु भयो । डाक्टर हुँदा सामान्य समस्याको पहिचान गरी सेवा पाइएको थियो । अहिले डाक्टर नभएपछि अस्पातलमा कार्यरत स्वास्थ्यकर्मीले जिल्ला अस्पातलमै पठाउने गरेकाले जिल्ला अस्पातलमा पुग्नु पर्ने बाध्यता रहेको सोही गाँउपालिका—८ की ३२ वर्षीय ईटोल लामाले बताउनु भयो ।
मङ्सिर ३० गते देखि पुस २८ गते सम्म उक्त अस्पातल डाक्टर बिहीन भएपछि केही समयकालागि गाँउपालिका र जिल्ला अस्पताल बिच ०७९ पुस २९ गते १५ १५ दिनमा जिल्ला अस्पातलमा एक जना डाक्टरलाई काजमा कामगर्ने गरी पठाउने निर्णय भयो । उक्त सम्झौता अनुसार ०७९ माघ १ गते देखि २८ गते सम्म जिल्ला अस्पातबाट खटिएका डाक्टर रबिन भट्टराईले काम गर्नु भएको मुगुम कार्मारोङ गाँउपालिकाका स्वास्थ्य निरीक्षक बलिबहादुर बुढाले जानकारी दिनुभयो ।
जिल्ला अस्पातलमा डाक्टरको अभाव भएपछि पुन डाक्टर भट्टराईलाई जिल्ला अस्पातलमा फर्काएपछि माघ २८ गतेबाट सामुदायिक अस्पातलमा डाक्टरको अभाव हुँदा सर्वसाधरण मर्कामा परेका हुन ।
अहिले यो गाँउपलिकामा १० शैयाको अस्पाताल निर्माण भइरहेको छ । अस्पतालकालागि डाक्टरको दरबन्दी स्वीकृत भएको छैन । गाँउपालिकाले अस्पातलको कार्यविधी बनाइ एक जना डाक्टरको दरबन्दी कायम गरेको भएपनि सामुदायिक अस्पातकालागी बेला बेला दरखास्त आह्वान गर्दा कसैको दरखास्त नपरेपछि जिल्ला अस्पातललाई गुहार्नु परेको हो । जिल्ला अस्पातलमा पनि अहिले डाक्टरको अभाव हुदा यो समस्या भएको मुगुम कार्मारोङ गाँउपालिकाको अध्यक्ष छिरिङ क्याप्ने लामाले बताउनु भयो ।
जिल्ला अस्पताल र गाँउपालिका बिच डाक्टरका बारे सम्झौता भएको भन्ने आफुलाई जानकारी अहिले मात्र भएको छ । जिल्ला अस्पातलमा पनि डाक्टरको अभाव नै छ । आफू जिल्ला अस्पातलमा हाजिर भएको एक महिना मात्र भएको छ । अस्पताल व्यवस्थापनसंग बुझेर अस्पातललाई कुनै बाधा नपर्ने भए केही समयकालागि भएपनि सामुदायिक अस्पातलमा डाक्टरलाई काजमा पठाउन सल्लाह गर्न सकिने जिल्ला अस्पातलका प्रमुख डाक्टर कमल ढकालले बताउनु भयो ।
